काठमाडौं । स्वास्थ्य तथा जनसंख्या कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । मन्त्रालयले यस्तो अवस्थामा जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको हो ।
अहिले उपत्यका नै संक्रमणको उच्च जोखिममा छ । आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
आज देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन् । दसैंमा लाखौं मानिस काठमाडौं उपत्यकाबाट घर जाने गरेका छन् ।