काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँच दिने बालिकाको पनि ज्यान गएको छ ।
मन्त्रालयका अनुसार मृतक मध्ये बाँकेका एक पुरुष र एक महिला छन् । त्यस्तै, काठमाडौं र ललितपुरका एक–एक पुरुषको मृत्यु भएको छ ।
त्यसैगरी चितवन, मकवानपुर र कन्चनपुरका एक–एक जना महिलाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।