काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गरिएको परीक्षणमा काठमाडौंमा १३७३ जनासहित १५९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंका १३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ। संक्रमितमध्ये ६४ हजार २९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५३५ जनाको मृत्यु भएको छ ।