Aafno Khabar

‘लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ गठन, अध्यक्षमा विशुन्के

  • आफ्नो खबर
  • October 4, 2020 प्रकाशित

काठमाडौं । लियो जिल्ला परिषद ३२५ ए २ नेपाल अन्तर्गत काठमाडौंको दक्षिणकालीमा ‘लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकाली’ गठन गरिएको छ ।

युवाहरुको क्षमतामा अभिवृद्धि गर्ने संस्था लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले प्रकाश विशुन्केको अध्यक्षतामा कार्यसमितको गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुजना केसी, सचिवमा सबिन श्रेष्ठ छन् भने सहसचिवमा मिरान कर्माचार्य, कोषाध्यक्षमा दिलिप केसी, सहकोषाध्यक्षमा सन्ध्या भुजेल रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा सन्जिव केसी, श्रीराम श्रेष्ठ, रजन थापा मगर, सन्जेश तामाङ, रोसन बस्याल, हर्षित पौडेल, रितेश खत्री, सुजन केसी, बाल कुमार गदाल, सुजन थापा मगर, रुप्चन तामाङ, अजय केसी, सागर श्रेष्ठ, आमोश मर्हजन, सन्तोष केसी, असिम प्रधान लगायत छन् ।

यस क्लबले ‘लक्ष्य प्राप्तिका लागि सँगसँगै’ भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्नेछ ।

लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीलाई लायन्स क्लब काठमाडौं पद्मसम्भव दक्षिणकालीले स्पोन्सर गरेको हो । कार्यक्रम लायन्स क्लब अफ दक्षिणकालीका अध्यक्ष सुन्दर आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित शीर्षकहरु