Aafno Khabar

बुटवलमा स्थानीय प्रशासनले जारी गर्‍यो निषेधाज्ञा, यी स्थानमा भेला हुन नपाइने

  • आफ्नो खबर
  • October 4, 2020 प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकाका केही भाग निषेधित क्षेत्र तोकेको छ । प्रदेशको राजधानी तथा नामकरण विवादमा प्रदर्शन बढेपछि असोज १८ गतेदेखि लागू हुनेगरि असोज २१ गतेसम्म केही स्थान निषेधित क्षेत्र तोकिएको हो ।

प्रदेश ५ को राजधानी दाङमा तोक्ने प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि बुटवलमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।

स्थानीय प्रशासनको सूचना अनुसार प्रदेश सभा भवन रहेको क्षेत्र, प्रदेश सरकारका मन्त्रालय रहेका क्षेत्र निषेधित क्षेत्र कायम गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको छ ।

निषेधित क्षेत्रमा सभा, जुलसलगायतका कुनै पनि गतिविधि गर्न पाइने छैन ।