काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।
आरोहणको व्यवस्थापन गरेको सेभेन समीट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमार सहितको टोलीले ६ हजार ११९ मिटर उचाइको लोबुचे हिमाल शनिबार बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो ।
भदौ ३१ गते बहराइनका राजपरिवारका सदस्य शेख महमद हमद महमद अल खलिफासहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नका लागि १९ जना नेपाल आएका थिए ।