आईपीएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्स सनराइजर्स हैदराबादसँग सात रनले पराजित भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६४ रन बनायो ।
१ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५७ रनमात्र जोड्न सक्यो । चेन्नईका लागि तल्लोक्रमका रविन्द्र जडेजाले सर्वाधिक ५० रन बनाए । कप्तान धोनीले अविजित ४७ रन जोडे ।
हैदराबादको पालीमा प्रियम गार्गले सर्वाधिक ५१ रन बनाए । अभिशेक शर्मााले ३१, मनिष पाण्डेले २९ र डेभिड वार्नरले २८ रन बनाए ।