Aafno Khabar

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला

  • आफ्नो खबर
  • October 2, 2020 प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रबार मृतावस्थामा गैँडा फेला परेको हो ।

गैँडा एक महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोस्टमार्टम पछि मात्र अन्य कुरा थाहा हुनेछ ।

गैँडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौ २१ गते निकुञ्जमा एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक वर्षमा मात्र चार गैँडाको मृत्यु भइसकेको छ।

सम्बन्धित शीर्षकहरु