Aafno Khabar

पछिल्लो २४ घण्टामा थप १५५४ जनालाई कोरोना संक्रमण

  • आफ्नो खबर
  • September 30, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका छन्। योसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ।

२४ घण्टामा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यमेसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ।