काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले देशभर कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।