काठमाडौं । कोरोना परीक्षण सरकारले निर्धारण गरेको शुल्कमा गठर्न नसकिने निजी प्रयोगशालाहरुले बताएका छन् ।
पीसीआर परीक्षणका लागि सरकारले तोकेको भन्दा १९ सय बढी शुल्क लिने घोषणा उनीहरुले गरेका छन् ।
पीसीआर परिक्षणका लागि सरकारले दुई हजार रुपैयाँ तोकेकोमा निजी प्रयोगशालाले ३८ सय ९९ रुपैयाँ लिने घोषणा गरेका हुन् । पीसीआर परीक्षण गर्दै आएका विभिन्न आठ वटा निजी प्रयोगशालाले संयुक्त विज्ञप्ति निकालेर ३८ सय ९९ रुपैयाँ नै उपयुक्त शुल्क रहेको दाबी गरेका छन् ।
सरकारले यसअघि पीसीआर परीक्षण शुल्क दुई हजारभन्दा बढी लिएको पाइए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको थियो ।