काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।