इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ ।
हैदरावादले दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो । कोलकत्ताको जितमा शुभमन गिल हिरो बने । उनले ६२ बलमा नटआउट ७० रन बनाए । इयान मोर्गनले २९ बलमा नटआउट ४२ रन योगदान गरे ।
कोलकत्ताको सुरुवात भने राम्रो थिएन । ओपनिङमा आएका सुनिल नरेन दोस्रो ओभरमै आउट भए । उनले रनको खाता खोल्नै पाएनन् । यसैगरी नितिश राणाले १३ बलमा २६ रन बनाए ।
कप्तान दिनेश कार्तिकले पनि कुनै कमाल गर्न सकेनन् । उनले खाता नै खोल्न सकेनन् । उनी राशिद खानको बलमा एलबीडब्लु भए ।
सातौं ओभरमा तेस्रो विकेट गुमाइसकेको कोलकाताको स्कोर ६३ रन थियो । अप्ठ्यारोस्थितिमा देखिएको टिमलाई शुभम गिलले सम्हाले । उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए भने कोलकत्ताले एक सय रनको आँकडा १४ ओभरमा पूरा गरिसकेको थियो ।
पाँचौ नम्बरमा ब्याटिङमा आएका इयान मोर्गन पनि राम्रो लयमा थिए । मोर्गन र गिलले ९२ रनको साझेदारी गर्दै कोलाकातालाई जिताए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
कोलकत्ताका लागि मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कप्तान डेभिड वार्नरले ३६, रिद्धिमान साहाले ३० र मोहम्मद नावीले ११ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।