Aafno Khabar

उपत्यकामा ८०९ जना कोरोना संक्रमित, काठमाडौंमा मात्र ६३३ संक्रमित

  • आफ्नो खबर
  • September 27, 2020 प्रकाशित

काठमाडौं । आइतबार उपत्यकाका तीन जिल्लामा ८०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा १०४ र भक्तपुरमा ७२ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।