Aafno Khabar

आज मन्त्रि परिषद बैठक बस्दै

  • आफ्नो खबर
  • September 27, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजेका लागि मन्त्रि परिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले बोलाउनुभएको बैठक नियमित भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रायः सोमबार मन्त्रि परिषद बैठक बस्ने तालिका भएपनि आवश्यक परेका बेला जहिले पनि बस्न सक्ने हुनाले आजको बैठक प्रधानमन्त्रीले बोलाउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा एसिड आक्रमण कसुर सम्बन्धी विधेयक र बाढी पहिरोले पारेको समस्या र समाधानका बारेमा छलफल हुनसक्ने बताइएको छ ।