Aafno Khabar
add khanepani

कांग्रेसको १४ औं महाधिवेशन गर्ने दुई विकल्प

  • कल्याण गुरुङ
  • September 27, 2020 प्रकाशित

अर्को संविधानमा भएको व्यवस्था बमोजिम छ महिना म्याद थप गरेर पनि महाधिवेशन गर्न सकिन्छ । अहिलेको कार्यसमितिको अन्तिम म्याद फागुन २२ मा महाधिवेशन गर्नका लागि आउदो माघबाट तल्लो तहका संरचनाहरुको अधिवेशन गर्नुपर्छ ।

कोरोना महामारीको जोखिम साबिक बमोजिम नै रहे महाधिवेशन गर्नका लागि कांग्रेससंग दुईवटा विकल्प छन् । पहिलो– वर्तमान कार्यसमितिको पदावधि सम्पन्न हुने मिति आगामी फागुन २२ । दोस्रो– संविधान बमोजिम छ महिना म्याद थप गरि भदौ पुर्याउने ।

हामीले आगामी फागुन ७ देखि महाधिवेशन गर्ने तय गरेका छौं । कथम्कदाचित त्यो अवधिमा महाधिवेशन गर्न सकिएन भने १५ दिन पछि अर्थात फागुन २२ मा महाधिवेशन गर्न सकिन्छ । त्यो बेलासम्म अहिलेको कार्यसमितिको पदावधि यथावत रहन्छ ।

कोरोना यही क्रममा रहिरह्यो भने संविधानअनुसार छ महिना थप्न सकिन्छ । त्यसपछि चैतदेखि वैशाखसम्म तल्लो तहका अधिवेशनहरु सम्पन्न गरेर जेठमा केन्द्रीय महाधिवेशन गरिनुपर्छ ।

अर्को संविधानमा भएको व्यवस्था बमोजिम छ महिना म्याद थप गरेर पनि महाधिवेशन गर्न सकिन्छ । अहिलेको कार्यसमितिको अन्तिम म्याद फागुन २२ मा महाधिवेशन गर्नका लागि आउदो माघबाट तल्लो तहका संरचनाहरुको अधिवेशन गर्नुपर्छ ।

माघबाट फागुनसम्म वडा तहदेखि जिल्लासम्म सबै तहको अधिवेशन गर्न सकिन्छ । बाँकी रहेको २२ दिनमा केन्द्रको महाधिवेशन गर्न सकिन्छ, कुनै समस्या हुँदैन । अर्को विकल्पका बारेमा कुरा गर्दा संविधानअनुसार थपिएको छ महिने कार्यकाल अर्थात आगामी भदौमा महाधिवेशन गर्छ ।

कोरोना यही क्रममा रहिरह्यो भने संविधानअनुसार छ महिना थप्न सकिन्छ । त्यसपछि चैतदेखि वैशाखसम्म तल्लो तहका अधिवेशनहरु सम्पन्न गरेर जेठमा केन्द्रीय महाधिवेशन गरिनुपर्छ ।

अब कार्यतालिका परिमार्जन गर्दा जेठभन्दा पछाडि महाधिवेशनको मिति तोकिनु हुँदैन । किनभने कारणबश पनि जेठमा गर्न सकिएन भने भदौसम्म गर्ने गरी समय राख्नुपर्छ ।

अहिले नै भदौमा गर्ने गरी तोकिए त्यो बेला पनि अधिवेशन गर्न सकिए पनि पार्टी सामु संकट आइपर्छ ।

– १२ खरीमा प्रकाशित सामाग्रीमा आधारित

 

सम्बन्धित शीर्षकहरु