काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशैभरका विभिन्न प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।