प्रतिकात्मक तस्बिर ।
काठमाडौं । शुक्रबार कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म ४५९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
उनीहरुमध्ये ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।