Aafno Khabar

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, १,४५५ जना संक्रमणमुक्त

  • आफ्नो खबर
  • September 25, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

उनीहरुमध्ये ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो ।