Aafno Khabar

स्याङ्जा पहिरोमा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो (मृतकको नामावलीसहित)

  • आफ्नो खबर
  • September 24, 2020 प्रकाशित

स्यााङ्जा । केहि दिनयता निरन्तर परेको पानीका कारण गएको पहिरोमा पुरिएर स्याङ्जाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।

बिहिबार पानीसँगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको छ । पहिरोले पुरिएर

२८ बर्षिय उमाकला नेपाली

४८ बर्षिय माया नेपाली

३० बर्षिय दिपक नेपाली

६० बर्षिय सोनी नेपाली

नौ बर्षिय बिबश नेपाली

१९ बर्षिय विनिदा नेपाली

२१ बर्षिय कुलदीप नेपाली

१४ बर्षिय बिक्रम नेपाली र

छ महिनाको नाम नखुलेको बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरका सबैको मृत्यु हुदाँ १६ बर्षिय मनिषा नेपालीलाई जिवीतै उद्धार गरिएको छ । घाइते मनिषाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ।

यस्तै निरन्ततरको पानीसँगै आएको पहिरोले कालीगण्डकी गाउँपालिका ४ बिर्घा गौतमटोलमा १७ बर्षिय विष्णु परियारको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले परियारलाई पुरेको हो भने अघरका अन्यको अवस्था भने सामान्य रहेको छ ।