Aafno Khabar

नेपाल वायुसेवा निगमले शुरु गर्यो आन्तरिक उडान (यी हुन निगमका उडान हुने गन्तव्य)

  • आफ्नो खबर
  • September 24, 2020 प्रकाशित

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडान नौ गन्तव्यमा आफ्नो नियमित सेवा शुरु गरेको छ ।

उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान शुरु गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु छन् ।

त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज– जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राख्दै कुनै गन्तव्यमा हप्ताको तीन दिन, कतिपय गन्तव्यमा हप्ताको दुई दिन र केही स्थानमा दुई दिन उडान तालिका निर्धारण गरिएको उल्लेख गरेको छ ।