Aafno Khabar

आईपीएल क्रिकेटमा आरसीबीको लज्जास्पद हार, पन्जाबसँग ९७ रनले पराजित

  • आफ्नो खबर
  • September 24, 2020 प्रकाशित

आईपीएल क्रिकेटमा किङ्ग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ९७ रनले पराजित गरेको छ । २०७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको बेङ्लोर १७ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटियो ।

बेङ्लोरका एबीडी भिलिर्यसले २८ र आरोन फिन्चले २० रन बनाउनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । केएल राहुलका २ वटा क्याच मिस गरेका बेङ्लोरका कप्तान बिराट कोहली ब्याटिङमा पनि जम्न सकेनन् । कोहली मात्र १ रन बनाएर पेभिलिएन फर्किए ।

पन्जाबका रवि बिस्नोइ र मुरगमा आस्विनले समान ३/३ विकेट लिए । सेल्ड्रोन कोट्रेलले २, मोहमेद सामी र म्याक्स्वलले समान १/१ विकेट लिए । यसअघि ब्याटिङ गरेको पन्जाबका लागि कप्तान केएल राहुलले नटआउट १३२ रन बनाए । ६९ बलको सामना गरेका राहुलले १४ चौका र ७ छक्का प्रहार गरे ।

पन्जाबका मयान्क अग्रवालले २६, निकोलस पोरनले १७ र करुन नाइरले नटआउट १५ रन बनाए । बेङ्लोरका शिवम डुबेले २ विकेट लिए ।