Aafno Khabar

उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 23, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाभित्र गएको २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा भने ११७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।