Aafno Khabar

बुधबार ११७२ जना कोरोना संक्रमित, १८९३ जना संक्रमणमुक्त

  • आफ्नो खबर
  • September 23, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।