Aafno Khabar

सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

  • आफ्नो खबर
  • September 21, 2020 प्रकाशित

काठमाडौं । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।