इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले सुपर ओभरमा किग्ङ्स इलेभेन पञ्जाबलाई हराएको छ ।
सुपर ओभरको खेलमा पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शून्य रनमा आउट भए । दिल्लीले तीन बलमा लक्ष्य पूरा गर्यो ।
दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेले पनि टिमलाई जित दिलाउन सकेनन् । ओपनर केएल राहुलले २१, कृष्णाप्पा गौथमले २० र सर्फराज खानले १३ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
दिल्लीविरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रदर्शन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे ।