Aafno Khabar
suvakamana add

चल्न थाले लामो दुरीका गाडी, आजदेखि होटल रेस्टुरेन्ट पनि खुल्दै

  • आफ्नो खबर
  • २०७७ आश्विन १ गते प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गएको चैत महिनादेखि बन्द रहेको लामो दुरीका गाडी आजदेखि सञ्चालनमा आउँदै छन् ।

कोरोनाको जोखिम कायमै रहे पनि सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर लामो दुरीका गाडी खोल्न अनुमति दिएको हो ।

आजदेखि लामो दुरीका गाडीका साथै आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खुल्दै छन् । जनजीवनलाई सामान्यतर्फ फर्काउन यी क्षेत्र खुलाइएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

गोङ्गबुमा रहेको नयाँ बसपार्कमा टिकट काट्नेको ​चहलपहल देखिएको छ । विभिन्न सङ्घका गाडी तयारी अवस्थामा राखिएका छन् । सुरक्षाको मापदण्ड पूरा गरेर आजदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनी खुल्दै छन् ।