Aafno Khabar

उपत्यकामा थपिए ६ सय ७६ कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 15, 2020 प्रकाशित

काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।

पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्दै गएका छन् ।