Aafno Khabar

काठमाडौं जिल्लामा मात्र १० हजार बढी कोरोना सङ्क्रमित

  • आफ्नो खबर
  • September 15, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेको छ । काठमाडौं उपत्यकामा भने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारउपत्यकामा अहिलेसम्म १२ हजार दुई सय ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६७२४ जना पुरुष र ३३०२ महिला कोरोना संक्रमति भएका छन् । यस्तै ललितपुरमा ११९१ जनामा तथा भक्तपुरमा १०३१ जनामा कोरोना पुष्टि भएको छ ।