पर्वत । निरन्तरको पानीसँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग बन्द भएको छ । मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्डमा पर्ने शहस्रधारामा आइतबार बिहान पहिरो जाँदा सडक बन्द भएको हो ।
सडक माथिबाट झरेको पहिरोले सडकको ५० मिटर भाग पुरेको छ । निरन्तर झरेको पहिरोका कारण सडक खुलाउन नसकिएको पर्वत प्रहरीले जनाएको छ ।
सडक बन्द भएपछि बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाबाट बाहिरिने सवारी साधनहरु शहस्रधारातर्फ नै रोकिएका छन् भने पोखरा, काठमाडौंबाट आउने लामो दुरीका सवारी कुश्मा १ नयाँ पुलमा अलपत्र परेका छन् ।