काठमाडौं । प्रदेश नं. ५ मा १ सय ७७ जना कृषि प्राविधिकका लागिर जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ।
प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ ।