Aafno Khabar

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

  • आफ्नो खबर
  • September 11, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ।

शुक्रबार नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । संक्रमितमध्ये ३६ हजार ६ सय ७२ जना निको भएर घर फर्किएका छन् ।