पञ्चाङ्ग : मिति २०७७ साल भदाै २६ गते शुक्रबार । इ सं २०२० सेप्टेम्बर ११ । आश्विन कृष्ण नवमी बेलुका ११ : २२ सम्म त्यसपछि दशमी तिथि । मृगशिरा नक्षत्र ११ : ५ सम्म त्यसपछि आद्र विष्कुम्भआदी याेग ४ : ३३ सम्म त्यसपछि व्यतिपात याेग । आनन्द आदीमा मानस याेग । सूर्य सिंह राशीमा । चन्द्रमा मिथुन राशिमा । गुरु धन । सूर्याेदय : बिहान ५ : ४७ । सूर्यास्त : ६ : १३ बजे ।
साेह्र श्राद्ध अन्तर्गत नवमी श्राद्ध ।
राशिफल
मेष : कार्यसिद्धिले मनमा हर्ष छाउनेछ । आर्थिक पक्षमा विषेश सफलताकाे याेग छ । महत्वकांक्षी याेजना बन्न सक्नेछ । परिश्रम अनुसार प्रतिफल मिल्नेछ । शुभरंग गाढा राताे । शुभअंक ३ ।
वृष : अधिक दाैडधुपका कारण शरिर आलस्य हाेला । प्रियपात्रसँग भेट हुनेछ । धर्मकर्ममा रुची हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । शुभरंग निलाे । शुभअंक ४ ।
मिथुन : सामाजिक इज्जत प्रतिष्ठाकाे याेग रहेकाे छ । आर्थिक अवस्था सुदृढ रहनेछ । विद्यार्थीका लागि सफलताकाे याेग छ । सम्बन्धमा सुधार आउनेछ । शुभरंग हरियाे । शुभअंक १ ।
कर्कट : वाध्यात्मक अवस्था रहला । आर्थिक अवस्था कमजाेर रहनेछ । कार्यमा विघ्न आउन सक्छ । विवादकाे स्थिति सिर्जना हुनेछ । शुभरंग सेताे । शुभअंक २ ।
सिंह : आर्थिक अवस्था सकारात्कम रहनेछ । अवसर प्राप्त हुँदा मन प्रफुल्ल रहनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । प्रेम तथा दाम्पत्य सम्बन्ध सफल रहनेछ । शुभरंग हत्का राताे । शुभअंक ३ ।
कन्या : अधुरा कामहरु सम्पन्न हुनेछन् । काममा जाेस जाँगर आउनेछ । व्यापारमा सफलता मिल्नेछ । नाेकरीमा सन्तुष्टि मिल्ला । आयआर्जनमा वृद्धिकाे याेग छ । शुभरंग हरियाे शुभअंक ४ ।
तुला : राजनीतिक तथा सामाजिक कार्यमा सफलता ।सुमधुर प्रेम सम्बन्ध रहनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । शुभरंग निलाे । शुभअंक ५ ।
वृश्चिक : समयकाे सही सदुपयाेग हुनेछैन । वित्तीय घटा हाेला । खर्च हुनेछ । मनमा द्वन्द्व हुनेछ । शुभरंग राताे । शुभअंक ६ ।
धनु : आत्मियतमा वृद्धि हुनेछ ।अध्ययनमा रुची बढ्नेछ ।आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ । नयाँ कार्य गर्ने अवसर मिल्नेछ । शुभरंग पहेँलाे । शुभ अंक ७ ।
मकर : अनावश्यक खर्चकाे अवस्था रहला । मान्यजनकाे सहयाेग मिल्नेछ । आम्दानीमा वृद्धि हुनेछ । अध्ययनमा मन लाग्नेछ । अल्झिएकाे कामले सफलता पाउनेछ । शुभरंग कालाे । शुभअंक ८ ।
कुम्भ : कार्य सफलता हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । मन हर्षित रहला । अध्ययनमा रुची हुनेछ । प्रेम र दाम्पत्य जीवन सुखी रहला । शुभरंग कालाे । शुभअंक १ ।
मिन : अनावश्यक कार्यमा मन जानेछ । आर्थिक व्ययकाे अवस्था छ । चाेटपटककाे भय छ । प्रयत्नमा असफलता मिल्नेछ । शुभरंग पहेँलाे । शुभअंक २ ।
तपाईँकाे दिन शुभ रहाेस् ।