Aafno Khabar

थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • आफ्नो खबर
  • September 9, 2020 प्रकाशित

काठमाडौं । बुधबार नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन् ।