Aafno Khabar

व्यवसायीको घरभाडा मिनाहा गर्न माग

  • आफ्नो खबर
  • September 8, 2020 प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन र निषेधाज्ञाका कारण मर्कामा परेका व्यवसायीको घरभाडा मिनाहा गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति निकालेर ६ महिनाको लकडाउन र निषेधाज्ञाबाट उद्योग व्यावसायिक क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गर्नुभएको हो ।

महासङ्घले लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको ब्याज पूर्णरुपमा मिनाहा गर्न र कोभिड-१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउन पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गरेको छ ।

एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्नसमेत माग समेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु