Aafno Khabar

थप ११ जना काेराेना संक्रमितकाे मृत्यु, मृतककाे संख्या तीन सय

  • आफ्नो खबर
  • September 7, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिनुभयाे ।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या तीन सय पुगेको छ । सोमबार नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।