Aafno Khabar

साेमबार थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • आफ्नो खबर
  • September 7, 2020 प्रकाशित

काठमाडौं । साेमबार थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय ७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । संक्रमितमध्ये ३० हजार ६ सय ७७ जना निको भएर घर फर्किएका छन् ।