यूइएफए नेशन्स कप अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनमाथि जित निकालेको छ । स्पेनले ४-० को फराकिलो जित निकालेको हो ।
स्पेनको जितमा सर्जियो रामोसले २ गोल गरे । अंशु फाटी र फेरन टोरेसले समान एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा पाएकाे पेनाल्टीमा स्पेनले अग्रता दिलाएकाे हाे । उसका लागि रामाेसले गाेल गरे । त्यसपछि स्पेनले २९ औँ मिनेटमा अग्रता दाेब्बर पार्याे । यसपटक पनि रामाेसले नै गाेल गरे । त्यसपछि ३२ औं मिनेटमा स्पेनका लागि फाटीले कीर्तिमानी गोल गरे । सबैभन्दा कम उमेरमा गाेल गर्ने खेलाडीमा फाटीले कीर्तिमान बनाएका हुन् ।
पहिलाे हाफमा तीन गाेलले अघि रहेकाे स्पेन दोस्रो हाफमा टोरेसकाे गाेलमार्फत ४ गाेल गर्न सफल भयाे । उनले खेलको ८४ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै, अर्को खेलमा जर्मनी र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिए । अग्रता जोगाउन नसक्दा जर्मनी घरेलु टोलीसँग बराबरीमा रोकिएको हो। जर्मनीका लागि खेलको १४ औं मिनेटमा आइल्के गुन्डोगनले गोल गरेका थिए भने स्वीजरल्याण्डका लागि सिल्भन विडमेरले ५७ औं मिनेटमा गोल गरेका थिए ।