Aafno Khabar

PUBG काे टक्करका लागि अक्षय कुमारकाे FAU:G, के छ यसमा खास ? 

  • एजेन्सी
  • September 6, 2020 प्रकाशित

एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारकाे साथमा मिलेर पबजी जस्तै किसिमकाे माेबाइल गेम बनाउने घाेषणा गरेकाे छ । भारतले चीनमा विकसित भएकाे पबजीमा प्रतिबन्ध लागएपछि याे गेमकाे विकास गर्न लागिएकाे हाे ।

बैैगलाेरमा रहेकाे एन काेर गेम्स नामक कम्पनीले याे गेम विकास गरिरहेकाे छ । कम्पनीले याे गेमकाे नाम फाैजी राखेकाे छ । याे गेम आउँदाे अक्टाेबरकाे अन्त्यसम्ममा बजारमा आइसक्ने कम्पनीले बताएकाे छ ।

याे गेमकाे पूरा नाम ‘फियरलेस एण्ड युनाइटेड गार्ड्स’ रहेकाे कम्पनीका सह संस्थापक विशाल गाेंडलले समाचार एजेन्सी राेयटर्ससँग बताएका छन् । उनले केही महिना पहिलेदेखि नै यसमा काम भइरहेकाे पनि जनाएका छन् । गेमकाे पहिलाे लेभल गलवान घाटीमा आधारित रहेर बनाएकाे पनि उनले भनेका छन् ।

गलवान घाटीमा गएकाे जुनमा पहिलाेपटक भारत र चीनबीच टकराव भएकाे थियाे । जसमा २० भारतीय सैनिक मारिएका थिए । त्यसपछि अहिलेसम्म पनि याे क्षेत्र तनावग्रस्त बनिरहेकाे छ ।

भारतमा यसअघि पबजी गेम लाेकप्रिय थियाे । कम्पनीका अनुसार याे गेमकाे नाम फाैजी राख्न पनि अभिनेता अक्षय कुमारले सुझाव दिएका थिए । उनले फाैजी गेमका बारेमा शुक्रबार ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

बीबीसी हिन्दीबाट ।