काठमाडौं । काेराेना संक्रमित थप ९ जनाकाे मृत्यु भएकाे छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
मृतक ७ पुरुष र २ जना महिला छन्। मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे । यस्तै, काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुष, मोरङका ४५ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष र चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयाे ।
नेपालमा हालसम्म २ सय ८९ काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ ।
आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।