काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।
मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । यस्तै, काठमाडौंका ३ पुरुष, पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको उपचारका क्रममा मृत्यु भएको हाे ।
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।
नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २७ हजार १२७ जना निको भएर घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।