Aafno Khabar

कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

काठमाडौं । गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मृत्यु हुनेहरुमा काठमाडौंकी ८२ वर्षीया महिला, ६७ वर्षीया महिला, २२ वर्षीया महिला र चितवनकी ३५ वर्षीया महिला तथा सप्तरी ५५-५५ वर्षीय पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षका पुरुष, प्यूठानका ५८ वर्षका पुरुष, रुपन्देहीका ७८ वर्षका पुरुष, पाल्पाका ६३ वर्षका पुरुष र सुर्खेतका ४२ वर्षका पुरुष रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण २ सय ७१ जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ४४ हजार २ सय ३६ पुगेको छ । संक्रमितमध्ये २५ हजार ५ सय ६१ जना निको भइसकेका छन् ।