Aafno Khabar

एक काेसा केरा, एक दर्जन फाइदा

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

पाचन क्रियामा सुधारदेखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ । विश्वभरका अनेक अनुसन्धानरुले केरा सुपर हेल्दी फुड मानेका छन् । दिनहुँ एक कोसा केरा खानुका फाइदा यी हुन्:

१. केरामा एन्टी एजिंग गुण हुन्छ, केरा खानाले छालाको चमक बढाउँछ ।

२. केरामा भरपूर फाइबर हुन्छ । त्यसैले केरा खानाले पाचन क्रियामा सुधार आउँछ । कब्जियत तथा एसिडीटीको समस्या कम हुन्छ ।

३. तत्काल इनर्जी पाइने हुनाले कमजाेरीकाे समस्या हुँदैन ।

४. केरामा पर्याप्त डायटरी फाइबर पाइन्छ जसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्दछ । यसले रक्तअल्पताको समस्या कम हुन्छ ।

५. नियमित रुपमा केरा खानाले मुटु स्वस्थ हुने तथा कोलेस्ट्रोल समेत नियन्त्रण हुने विभिन्न अध्ययनकाे निष्कर्ष छ ।

६. नियमित केरा खानाले मस्तिष्क तीक्ष्ण बनाउन र स्मरण क्षमता बढाउन सहयोग गर्दछ ।

७. केरामा पाइने म्याग्नेसियम तथा पोटासियमका कारण मुत्रअंग सम्बन्धी संक्रमणको खतरा कम गर्न पनि केराको सेवन लाभदायी हुन्छ ।

८. केरामा पाइने टि्रप्टोफेन नामक तत्वले मानिसको मूड राम्रो बनाउन तथा तनाव भगाउन सहयोग गर्दछ ।

९. केरामा पाइने क्याल्सियमले हड्डी स्वस्थ तथा मजबुत बनाउन सहयोग गर्दछ ।

सम्बन्धित शीर्षकहरु