पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन जना खेलाडीहरुमा कोरोना संक्रमण पुष्टी भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
पीएसजीले बुधबार आफ्ना तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको जनाएको थियो । एएफपीका अनुसार संक्रमितमध्ये एक ब्राजिलियन स्टार नेइमार रहेका छन् ।
त्यस्तै फ्रेन्च मिडियाहरुले संक्रमित अन्य खेलाडीहरुमा एन्जेल डि मारिया र लियान्द्रो परेडेस रहेको दाबी गरेका छन् ।
पीएसजीका केही खेलाडी च्याम्पियन्स लिगको फाइनल पछि होलिडे ट्रिपमा इबिजाको आइल्याण्डमा गएका थिए । त्यहीँबाछ संक्रमण फैलिएकाे भएको हुन सक्ने अनुमान गरिएकाे छ ।