काठमाडाैं । भारतले चीनमा विकास गरिएकाे एक सय १८ माेबाइल एपमाथि प्रतिबन्ध लगाएकाे छ । भारतले प्रतिबन्ध लगाएकाे एपमा पबजी पनि सामेल छ ।
भारतकाे इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलाेजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एपहरुले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त भएकाे बताइएकाे छ ।
भारतले जारी गरेकाे बयानमा बन्द गरिएका यी एपका बारेमा विभिन्न गुनासा आइरहेकाे पनि बताइएकाे छ । तीमध्ये केही रिपाेर्टमा एन्ड्राेइड र आइओएसमा उपलब्ध केही माेबाइल एपबाट प्रयाेगकर्ताकाे डाटा अनाधिकृत रुपमा चाेरी गरेर भारतबाहिर रहेकाे सर्भरमा पठाइरहेकाे बताइएकाे छ ।
भारत सरकारले यसअघि जुन महिनामा पनि चीनसँग जाेडिएका ५९ एपमा प्रतिबन्ध लगाएकाे थियाे, त्यसमा टिकटक पनि सामेल थियाे ।