अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई सन्देश पठाएका छन् । उनले सन्देशमा मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् ।
गएकाे साता मेस्सीले बार्सिलाेना छाेड्ने चाहाना राखेर पत्र लेखेपछि मेस्सीकाे अबकाे यात्रा र उनकाे भविष्यबारे पनि निकै चर्चा भइरहेकाे छ ।
बार्सिलाेनाले उनको करारमा रहेको ७० करोड युरोको रिलज क्लजभन्दा कम रकममा क्लब छाड्न नसक्ने बताएपछि मेस्सीकाे भविष्यबारे थप अन्यौलता देखिएको छ । यस्ताे परिस्थितिमा अर्जेन्टिनी राष्ट्रपतिले मेस्सीलाई सन्देश पठाएका हुन् ।
राष्ट्रपति फर्नान्डेजले मेस्सीलाई पठाएकाे सन्देशमा भनेका छन् ‘तिमी हाम्रो हृदयमा छौ र तिमीलाई हामीले हाम्रो देशमा खेलेको देखेका छैनौँ, निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गरेर हामीलाई आनन्द देऊ ।’
याे पनि पढ्नुहाेस् ।