Aafno Khabar

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

  • आफ्नो खबर
  • August 31, 2020 प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार शाक्यकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।

सोमबार मेयर शाक्यलाई कोरोना संक्रमण देखिए पनि पत्नीलाई भने संक्रमण देखिएन । शाक्यलाई कोरोनाको कुनै लक्षण छैन र, होम आइसोलेसनमा बस्नुभएको छ ।