काठमाडौं । नेपालमा एक हजार २ सय २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । याे हालम्मकै बढी हाे ।
आइतबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले देशभर पछिल्लाे २४ घण्टामा २ सय ४८ महिला र ८ सय ७३ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिनुभएकाे हाे ।
नेपालमा कुल सङ्क्रमितकाे संख्या ३८ हजार ५ सय ६१ पुगेको जनाइएको छ ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७ हजार ५ सय १८ हजार रहेका छन् । होम आइसोलेसनमा ६ हजार ९ सय र संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म २० हजार ८ सय २२ जना डिस्चार्ज भइसकेका छन् । विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू ७ हजार ७ सय ९७ रहेका छन् ।