Aafno Khabar

कञ्चनपुरमा उच्च ज्वरोका कारण छ जनाको मृत्यु, अनुसन्धानका लागि टोली परिचालन

  • आफ्नो खबर
  • August 30, 2020 प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएको छ ।

दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।

शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ ।

जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयले जनाएको छ ।