Aafno Khabar

शनिबार थपिए देशभर ८ सय ८४ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 29, 2020 प्रकाशित

काठमाडाैं । शनिबार देशभर कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८ सय ८४ संक्रमित थपिएका हुन् । हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

यस्तै, विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेकाे मन्त्रालयले जनाएकाे छ ।